काठमाण्डु – राष्ट्रिय अनुसन्धान विभागले ठुलो संख्यामा जागिरको लागि भर्ना खुलेको छ । विभागले शुक्रबार सूचना जारी गरी ९० जना जनशक्ति माग गरेको छ ।
विभागले नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।
विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ ।
तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया