यस्तो छ लगानी सम्मेलनमा आजको कार्यक्रम

यस्तो छ लगानी सम्मेलनमा आजको कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको होटल सोल्टीमा आजबाट लगानी सम्मेलन २०१९सुरु हुंदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर कृषी,उर्जा र पुर्वाधार क्षेत्रका ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ ।

लगानी बोर्डले दिएको जानकारीअनुसार आज ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । त्यसैगरी भोली पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव सेयर, अन्तर्रा्ष्ट्रिय अनुभव आदान प्रदान हुनेछ ।

सम्मेलनमा संयौको संख्यामा नेपाली लगानीकर्ताका साथै ४० मुलुकबाट ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा ८ बजेदेखि ९ बजेसम्म दर्ता समय राखिएको छ भने ९ देखि साढे १० बजेसम्मको समय उद्घघाटन सत्र हुनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, नेपाली कांग्रेसका तर्पmबाट डा. रामशरण महत, वल्र्ड बैङ्कका उपाध्यक्ष हार्टबिग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिम, मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज र इन्भेस्टमेन्ट बोर्डका सीईओ महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजै नेपालमा लगानीको अवसरका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राजस्व सचिव लालशङ्कर घिमिरे, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले प्लेनरी सेसन सञ्चालन गर्नेछन् ।

आर्थिक रूपान्तरणका लागि विद्युतका विषयमा ऊर्जा मन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सागर राज गौतम, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वली, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, केन्द्रीय विद्युत नियामक आयोगका सचिव सरोजकुमार झा, पावर चाइनाका जनरल म्यानेजर सोङ डोङ सेन, हाइड्रो सोलुसनका कार्यकारी अध्यक्ष ज्ञानेन्द्र लाल प्रदानले प्यारालल सेसनमा भाग लिनेछन् ।

यस्तै साइडलाइन इभेन्टमा (व्यापारमा महिला) राष्ट्रिय सभाकी विमला राई पौड्याल, सीडीसी इन्डियाका श्रीनी नार्गजुन, अक्सिजन बिजनेसका सीईओ सिद्धान्त राज पाण्डे, प्रधानमन्त्रीका वैदेशिक नीतिका सल्लाहकार डा. राजन भट्टराई, पावर चाइनाकी लियाङ यिन, मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेली, साउथ एसियन ओमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला आचार्य, नथनकी शुभन शिव कुमारन सहभागी भई आफ्ना भनाइहरू राख्नेछन् ।

युवा उद्यमशीलताको विकासमा ट्रयु नर्थ एसोसियसनका सुमन जोशी, डोल्मा इम्प्याक्ट फन्डका टिम गोचर, दिप्त शाह, मुभर एन्ड सिकर होल्डिङका सम्भव सिरोहिया र आइक्यापिटलका अजय श्रेष्ठको सहभागितामा कार्यक्रम सञ्चालन हुनेछन् ।
सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ३१ खर्बभन्दा बढीका परियोजना प्रस्तुत गरेर बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने सरकारको लक्ष्य छ ।