आईपीएल : बेङ्गलुरु र राजस्थान खेल्दै

आईपीएल : बेङ्गलुरु र राजस्थान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुने छ ।

बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । राजस्थान समान ८ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ ।

आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल ३३ खेल भएकोमा बेङ्गलुरुले १६ र राजस्थानले १४ खेल जितेको छ । तीन वटा खेल अनिर्णित भएका छन् । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।