काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) बुधबार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ ।
कोलकाता ११ खेलमा ११ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले हराउँदै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
जीतसँगै गुजरातको ११ खेलमा १६ अङ्क भएको छ । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अङ्क रहेको छ ।
प्रतिक्रिया