काठमाण्डु – १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले विजयी शुरुवात गरेको छ ।
घरेलु मैदान चेन्नास्वामी स्टेडियममा शनिबार राति भएको खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो ।
हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
हैदराबादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडे ।
आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिए ।
आईपीएल क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।




प्रतिक्रिया