आइपीएलमा दिल्लीले लखनउलाई हरायो, आज कोलकाता र हैदराबादको खेल

आइपीएलमा दिल्लीले लखनउलाई हरायो, आज कोलकाता र हैदराबादको खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आइपीएल) मा रिज्वी र स्टुप्सको शतकीय साझेदारीमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।

गएराति भएको खेलमा दिल्लीले लखनउलाई हराएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभर क्रिजमा टिक्न सकेन। लखनउ १८.४ ओभरमा १४१ रन बनाउँदै अल आउट भयो । लखनउले दिएको १४२ रनको मध्यम लक्ष्य पछाएको दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो।

दिल्लीका लागि समीर रिज्वी र त्रिस्टन स्टुप्सले ११९ रनको शतकीय साझेदारी सहित दिल्लीलाई जित दिलाए।

दिल्लीका लागि समीर रिज्वीले ७० रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

त्रिस्टन स्टुप्स ३२ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा अविजित रहे।यी दुईले पाँचौं विकेटका लागि ११९ रनको शतकीय साझेदारी गर्दै दिल्लीको जित पक्का गरेका थिए। लखनउको लागि बलिङतर्फ प्रिन्स यादवले २ विकेट लिए । मोहम्मद सामी र मोसिन खानले १(१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको लखनउका लागि अब्दुल सामदले सर्वाधिक ३६ रन बनाए। उनले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर मिचेल मार्सले ३५ रन बनाउँदा कप्तान ऋषभ पन्त ७ रनमा रन आउट भए ।

लखनउलाई सस्तैमा समेट्न दिल्लीका बलरद्वय थंगरसु नटराजन र लुंगी एन्गिडीले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिँदा अक्षर पटेलले १ विकेट लिए।

लखनउलाई घरेलु मैदानमा हराउँदा अवे मैदानमा जित निकाल्ने दिल्ली पहिलो टिम बन्यो। २०२६ को संस्करणको आइपीएलमा अघिल्लो चार खेलमा घरेलु मैदानमा टिमहरुले जित निकालिरहेका थिए । यससँगै आइपीएलको १० वटा टोली हरेकले १–१ खेल खेलिसकेका छन्।

बिहिबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले नेपाली समयअनुसार ७ : ४५ बजे खेल्नेछन्।