आईपीएल : दिल्लीविरुद्ध गुजरात विजयी, आज कोलकाता र लखनउ खेल्दै

आईपीएल : दिल्लीविरुद्ध गुजरात विजयी, आज कोलकाता र लखनउ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

गएराति भएको खेलमा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । जितसँगै गुजरातले प्रतियोगितामा खाता खोलेको छ । दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।

गुजरातका राशिद खानले तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुगिं एनगिडी र कुलदीप यादवले समान एक विकेट लिए ।

दिल्लीले प्रतियोगिताको पहिलो हार व्यहोरेको छ । दिल्लीले तीन खेल खेल्दा दुई जित र एक हारसिहित चार अंक जोडेको छ ।
आईपीएलमा बिहीबार कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ईडन गार्डनमा हुनेछ ।