आईपीएल : मुम्बईले लखनउलाई हरायो, आज दिल्ली क्यापिटल्स र चेन्नई खेल्दै

आईपीएल : मुम्बईले लखनउलाई हरायो, आज दिल्ली क्यापिटल्स र चेन्नई खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले हराएको छ ।

वानखेडेमा लखनउले दिएको २२९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

आईपीएलमा मुम्बई १० खेलमा ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ भने लखनउ ९ खेलमा ४ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा मंगलबार बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्नेछन् ।