आईपीएल : दिल्लीको जित, आरसिबी प्लेअफमा, आज चेन्नई र हैदराबाद खेल्दै

आईपीएल : दिल्लीको जित, आरसिबी प्लेअफमा, आज चेन्नई र हैदराबाद खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार साँझ भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए । यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।

यस्तै आइतबार नै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) प्लेअफमा पुगेको छ । धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ । पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो ।

आईपीएलमा सोमबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ ।