आईपीएल : हैदरावाद प्लेअफमा, आज राजस्थान र लखनउ खेल्दै

आईपीएल : हैदरावाद प्लेअफमा, आज राजस्थान र लखनउ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

सोमबार साँझ भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।

चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

हैदरावादका इशान किशनले ७० रन बनाए । आईपीएल क्रिकेटको अङ्क तालिकामा हैदरावाद १३ खेलमा १६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई १३ खेलमा १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा मंगलबार बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।