आईपीएल : मुम्बईलाई हराउँदै कोलकाता छैटौँ स्थानमा पुग्यो, आज गुजरात र चेन्नई खेल्दै

आईपीएल : मुम्बईलाई हराउँदै कोलकाता छैटौँ स्थानमा पुग्यो, आज गुजरात र चेन्नई खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ ।

इडेन गार्डेन्समा बुधबार मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा बिहीबार बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।