आईपीएलमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने पक्राउ

आईपीएलमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा अमृत नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने अग्रवाललाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको जनाएको छ। ४८ वर्षका अग्रवाल धनुषा, जनकपुर नगरपालिका-३ काबासिन्दा हुन्। प्रहरीका अनुसार उनी हाल काठमाडौं पानीपोखरीमा बस्दै आएका थिए।

उनीमाथि भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

अग्रवालको ठगीमा महोत्तरी मनरासिसुवाका राकेश सिंहलगायत व्यक्ति परेका छन्।पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।