न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यादी हाइड्रोपावर कम्पनीको आइपीओको  लागि आवेदन दिने समय मंगलबार सकिँदैछ । उक्त कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख  बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय आज सकिन लागेको हो । 

कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि कम्पनीले छुट्याइएको छ भने, बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका छुट्याएको छ ।

 इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।