काठमाण्डु – न्यादि हाइड्रोपावर लिमिटेडले आईपीओ शुक्रबार बाँडफाँट गरेकाे छ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट गरेको हो ।
२ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् । कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा भएको थियो ।
निष्कासनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।
सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए ।




प्रतिक्रिया