पियोर इनर्जीको आइपिओ बाँडफाँड, कसरी हेर्ने ?

पियोर इनर्जीको आइपिओ बाँडफाँड, कसरी हेर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पियोर इनर्जीको आइपिओ बाँडफाँड भएको छ। बिहीबार बिहान ९ बजे आइपिओ बाँडफाँड भएको हो।

कम्पनीले सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आइपिओ बिक्री खुला गरेको थियो।

आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदकबाट हात खाली भएको छ।

आइपिओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका थिए । जुन मागभन्दा १९.०२८ गुणा बढी हो ।

आइपिओमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयर सदर भएको थियो । जसमा ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता सेयर बदर भएको थियो।

पियोर इनर्जीको आइपिओ नतिजा धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक र धितोपत्र जारी गर्ने कम्पनी पियोर इनर्जीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np वा मेरो सेयरबाट हेर्न सकिनेछ।