माबिलुङ इनर्जीको आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

माबिलुङ इनर्जीको आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ ।

कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।

प्रति कित्ता १०० रुपैयाँ अंकित आइपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो आइपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।