स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो ।

त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आइपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

आज बिहान नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो । नबिल इनभेष्टमेन्ट यस आइपीओको विक्री प्रबन्धक हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो ।