छुट्ला है ! बुङ्गल हाइड्रोको आइपीओ भर्न आज अन्तिम मौका

छुट्ला है ! बुङ्गल हाइड्रोको आइपीओ भर्न आज अन्तिम मौका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुङ्गल हाइड्रो पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेरो शेयरमार्फत दिन सकिन्छ ।

यस आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरिसकेको थियो । कम्पनीलाई कुल २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्राप्त छ ।