पर्‍यो त श्रीनगर एग्रीटेकको आइपीओ ? यसरी हेर्नुहोस्

पर्‍यो त श्रीनगर एग्रीटेकको आइपीओ ? यसरी हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। बुधबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो।

आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथाको आधारमा गरिएको छ ।

कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो ।

आइपीओमा २ लाख ५१ हजार ४९ जनाले १०१० कित्ता सेयर प्राप्त गरेका छन् । जसमध्ये तीन जनाले अतिरिक्त १र१ कित्ता थप पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो रह्यो ।

आईपीओको नतिजा केहिबेर पछि सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट https://result.nabilinvest.com.np/search/ipo-share र सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सकिन्छ ।