भोलिबाट रिलायन्स स्पिनिङ मिल्सको आइपीओ आउँदै, भर्न कम्तिमा ४१ हजार ४० रुपैयाँ चाहिने

भोलिबाट रिलायन्स स्पिनिङ मिल्सको आइपीओ आउँदै, भर्न कम्तिमा ४१ हजार ४० रुपैयाँ चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त आइपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।

प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि कटअफ मूल्यमा १० प्रतिशत छुट लागू भएपछि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ। यसअघि बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।

न्यूनतम ५० कित्तामा आवेदन दिन ४१ हजार रुपैयाँ चाहिने छ ।

लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको छ ।