रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासन, आवेदन दिन कम्तीमा ४१ हजार चाहिने

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासन, आवेदन दिन कम्तीमा ४१ हजार चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि कटअफ मूल्यमा १० प्रतिशत छुट लागू भएपछि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ। यसअघि बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।

न्यूनतम ५० कित्तामा आवेदन दिन ४१ हजार रुपैयाँ चाहिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।