होटल फरेष्ट इनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

होटल फरेष्ट इनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– होटल फरेष्ट इन लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (सोमबार) आइपिओ बाँडफाँट गरेको हो।

कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपिओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोला प्रथाबाट ३ लाख ३२ हजार आवेदकले १०–१० कित्ताका दरले आइपिओ हात पारेका छन् ।

यसरी हेर्नुहोस् रिजल्ट

सीडीएस एन्ड क्लियरिङ : https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट : https://www.nicasiacapital.com/ipo-result

मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login