आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–हिम पावर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

पहिलो चरणमा २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

सोहीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ।

आयोजना प्रभावितमध्ये दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाका लागि १० लाख १४ हजार कित्ता शेयर निष्काशन गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुनेछ।

आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।