तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने

तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आइतबार सम्म मात्र आवेदन दिन सकिने छ ।  कम्पनीले ८ करोड  बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।

कम्पनीले निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ जारी गरिसकेको छ । सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ  बिक्री खुला गरेको हो ।