वैदेशिक रोजगारीमा रहेकाका लागि खुल्यो क्रेस्ट माइक्रोको आइपीओ

वैदेशिक रोजगारीमा रहेकाका लागि खुल्यो क्रेस्ट माइक्रोको आइपीओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजबाट निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरूका लागि खुलाएको हो ।

आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

माघ २९ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।