इप्पानमा नयाँ नेतृत्व निर्वाचित

इप्पानमा नयाँ नेतृत्व निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन् ।

निर्वाचन समितिको अन्तिम मतपरिणामअनुसार कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भए ।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भए ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै तीन महिला सदस्यमा ज्योति गैरे, संगीता धमला र प्रतिमा ज्ञवाली निर्विरोध भएका छन् । बाबुराम थापा, सुकुन्द ओझा, सन्तोषराज नेपाल, इन्दिरा पन्त र सोमनाथ कँडेललाई सदस्यमा नियुक्त गरिएको छ ।