आईपीभी ६ प्लसमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण आवश्यक : ह्यांक चेन

आईपीभी ६ प्लसमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण आवश्यक : ह्यांक चेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थाईल्याण्ड – ह्वावेका राउटर प्रोडक्टलाइनका अध्यक्ष ह्यांक चेनले डिजिटल रूपान्तरणको लागि आईपीभी-६ प्लस मा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार एशिया प्रशान्त टार्गेट नेटर्वक सम्मेलनमा बोल्दै अध्यक्ष चेनले आईपी भि ६ का क्षमताहरुमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्कले व्यक्ति, इन्टर प्राइज र घरहरुको डिजिटल विकासलाई बढावा दिने बताएका हुन् ।

फिक्स्डरमोबाइल सेवाको व्यापक विकासले क्यारियरको लागि ठूलो अवसर ल्याउने उनले बताए । इन्टरप्राइज व्यवसाय सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण अवसर हो र व्यक्तिगत र होम सेवाहरु क्यारियरहरुको राजस्वस्थिरताको आधारशिला हुन् ।

‘उद्योग आइभी ६ +’ क्षमताहरुको एप्लिकेसन डिप्लोइमेन्टको अभ्यासमा अधिक सक्रिय हुनुपर्छ र मोबाइल क्यारियर, इन्टरप्राइज, स्मार्ट हेल्थ केयर, स्मार्ट शिक्षा र स्मार्ट होम सिनारियोमा ठूला एप्लिकेसनहरुको उपयोग गरेर आईभि ६+’ उद्योगको विकासलाई प्रोत्साहन दिँदै क्यारियर क्लाउड नेटवर्क क्षमताहरुको निर्माणको गति र डिजिटल क्षमतालाई प्रेरित गर्न मद्दत गर्नुपर्छ,’ अध्यक्ष चेनले भने ।

इटीएसआई, आइएसजी, आईपिईका अध्यक्ष एवम् आइईटिएफ, आईएबीका सदस्य लतिफलदीदर बिनलीले गतिशिल प्लस– ६ इनोभेसन र डिजिटल विभाजनमा व्यापक रुपमा अफथिंग्स क्लाउड कम्प्युटिंगर जस्ता सेवाहरु उपलब्ध रहेको बताए ।

एशिया प्रशान्त देशहरुमा आईपीभि ४ श्रोतहरु सकिँदै गएको भन्दै उनले आईपी नेटवर्कको भविष्यत विकासको लागि आईपीभि ६ सही विकल्प भएको बताए । हाल आईपीभि ६ को विकासको लागि विश्वभरका देशहरुले आइपीभि ६ नीतिहरु जारी गर्न थालेका छन् ।

अक्टोम्बर २०२० मा इटिएसआईले सबैकुरामा आईपीभी ६ को पूर्ण कनेक्टिविटी र आईपीभी-६ प्लस प्रविधिको व्यावसायिक सफलतालाई बढावा दिन आईएसजी, आईपीई एलाइन्स स्थापना गरेको थियो । हालसम्म क्यारियर, विक्रेता र शिक्षाविद समावेशी ६० भन्दा बढी सदस्यहरुले कनेक्टेड डिजिटल संसार निर्माण गर्न आईपीईमा सामेल भएका छन् ।