इराकको किर्कुक प्रान्तमा आइएसको आक्रमणबाट ६ प्रहरी मारिए


एजेन्सी – इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहरनजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो ।

आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ ।

किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतङ्ककारी समूह आइएस देश भरी नै पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement