सिरिया र इराकमा भएको आक्रमणप्रति इजिप्टको चिन्ता


एजेन्सी – इजिप्टले इराक र सिरियामा हालै इरान र टर्कीले गरेको आक्रमणलाई ठूलो चासो देखाएको इजिप्टको विदेश मन्त्रालयले बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ ।

‘ती आक्रमणहरुले इराक र सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । इजिप्टले रक्तपात रोक्न र यस क्षेत्रलाई अस्थिरताका थप कारकलाई जोगाउन तनाव कम गर्न आह्वान गरेको जनाइएको छ । इराकमा रहेका कुर्दिश लडाकूहरुको सैन्य अड्डामा इरान र टर्कीका सेनाहरुले बारम्बार आक्रमण गर्ने गरेका छन् ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी)को ग्राउन्ड फोर्सले मङ्गलबार उत्तरपूर्वी इराकको कुर्दिस्तान क्षेत्रमा ‘पृथकतावादी आतङ्ककारी’ विरुद्ध आक्रमणको नयाँ चरण सुरु गरेको छ ।

टर्कीले आइतबार उत्तरी सिरियामा कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) र उत्तरी इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्ध हवाई कारबाही गरेको थियो ।

टर्कीले, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement