काठमाण्डु – इजरायल र इरानबीच चर्किएको युद्धको बीचमा नआउन अमेरिका, फ्रान्स र बेलायतलाई चेतावनी दिइएको छ ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धमा इजरायललाई सहयोग नगर्न अमेरिका, फ्रान्स र बेलायतलाई चेतावनी दिएका हुन् ।
इरानी सरकारी मिडियाका अनुसार यी ३ देशले इजरायललाई समर्थन गरेमा इरानले ती मुलुक सम्बन्धित सैन्य अड्डा र विमानहरूलाई निशाना बनाउने चेतावनी दिएको छ ।
इजरायलले जुन १३ तारिखका दिन इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो । त्यसपछि इरानले बदला स्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।




प्रतिक्रिया