इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ ।

इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।

आक्रमणपश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, ‘इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेटअघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’

आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ ।