युक्रेनी विमान दुर्घटनामा इरानी सीमामा थिए ६ अमेरिकी एफ–३५ फाइटर


मस्को– रुसी विदेश मन्त्री सर्गेई लाभरोभले स्थानीय समय अनुसार शुक्रबार इरालने गल्तीले गत साता तेहरानको हवाई अड्डामा युक्रेनी इन्टरनेशनल एयरलायन्सको विमान झारेको समयमा इरानी सीमा क्षेत्रमा कम्तीमा पनि ६ वटा अमेरिकी एफ–३५ लडाकु विमान भएको बताएका छन् । यद्यपि उनले यो सूचनाको पुष्टि गर्ने कुनै आधार भने प्रस्तुत गरेका छैनन ।

प्रेस टिभीले लाभरोभलाई उद्र्धृत गर्दै भनेको छ, ‘यो जानकारीको पुष्टि गर्न भने बाँकिनै रहेको छ । यो अत्यन्त आवश्यक छ कि हामी अमेरिकाकोतर्फबाट भएको शीर्ष इरानी जनरल कासिम सुलेमानीको हत्यापछि इरानकोतर्फबाट गरिएको जवाफी कारबाहीलाई लिएर मध्य एसियामा भइरहेको तनावलाई बुझौ ।’

इरानलाई अमेरिकाकोतर्फबाट अर्को एक हमला हुने अनुमान भएको लाभारोभले बताए । तर यो कुन किसिमको हुने थियो भन्ने जानकारी इरानलाई थिएन । तर दुर्घटनाको विषयलाई लिएर आफू कसैलाई माफ गर्ने पक्षमा नरहेको उनले बताए ।

इरान युक्रेनलाई ब्ल्याक बक्स दिनका लाति तयार भएको छ । तस्नीम न्यूज एजेन्सीको समाचार अनुसार इरानी अधिकारी ब्ल्याक बक्सको जाँचका लागि फ्रान्स, क्यानडा तथा अमेरिकाका विशेषज्ञको सहयोग लिनका लागि पनि तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement