इरानमा आतङ्ककारी हमलामा १३ जनाको मृत्यु

इरानमा आतङ्ककारी हमलामा १३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी १३ जनाको ज्यान गएको छ । बुधबार सिराज सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको हो ।

इरानी गृह मन्त्रालयले आतंककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरु २१ जना घाइते भएका जानकारी दिएको छ । आतङ्ककारीहरुले शक्तिशाली आक्रमण गरेकाले घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेलाई उपचारार्थ अस्पताल राखिएको छ ।

आतङ्ककारी हमलामा परी मारिनेमा एकजना महिला र अरु दुई बालबालिका पनि रहेका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ ।