अमेरिकालाई चुनौती दिंदै चीन र इरानबीच ४ सय अरब डलरको रणनैतिक सम्झौता हुंदै


एजेन्सी– चीन र इरानबीच रणनैतिक समझदारीमा हस्ताक्षर हुने भएको छ । अमेरिकासंग चीन र इरान दुवै मुलुकको सम्बन्ध तनावपूर्ण रहेको छ । न्यूयोर्क टाइम्सले दुवै मुलुकबीच ४ सय अर्ब डलर बरावरको सम्झौता हुन लागेको खुलासा गरेको छ ।

दुवै मुलुकबीच २५ साल लामो सम्झौता हुन लागेको बताइएको छ । १८ पेज लामो उक्त सम्झौतामा चीनले इरानबाट तेल खरिद गर्ने र चीनले इरानको बैकिंग,दूरसंचार,बंदरगाह,रेलवे तथा ट्रान्सपोर्ट आदीमा लगानी गर्ने उल्लेख छ ।

दुवै देशको रणनैतिक समझदारीले अमेरिका र भारतलाई ठुलो झड्का दिएको छ । इरानको संसदबाट उक्त सम्झौता पारित हुने वित्तिकै दुवै मुलुकबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । चीनले यसै सम्झौताअनुसार इरानमा ५ जी सर्विस सुरु गर्न सहयोग गर्नेछ । अमेरिकाले इरानमाथी नाकाबन्दी लगाएको बेला चीनसंगको भएको यो सम्झौताले उसलाई राहत मिल्ने अपेक्षा गरिएको छ । यता अमेरिका र चीनवीच व्यापार युद्ध जारी रहेको बेला इरानसंग चीनको सम्बन्धले अमेरिकालाई दबाव पर्नेछ ।

इरान र चीनबीच सैन्य सहयोग पनि आदान–प्रदान हुनेछ । त्यसैगरी सीमापार अपराध,गूप्तचरहरुबीच सुचना आदान–प्रदान र हतियारको विकासमा समेत दुवै देशबीच सहकार्य हुनेछ । इरानको परमाणु कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच सम्बन्ध तिक्तापूर्ण सम्बन्ध छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसंग अन्य कैयो विषयमा इरानको मतभेद समेत छ ।

सम्झौतामा इरान र चीन दुई प्राचीन एशियाई संस्कृती भएको भन्दै व्यापार, अर्थव्यवस्था, राजनीति, संस्कृती तथा सुरक्षाको क्षेत्रमा दुवै देशको सहकार्य रहेको उल्लेख गरिएको छ । उक्त सम्झौतामा भनिएको छ ‘दुवै देशको बीचमा कैयौं द्धिपक्षीय तथा बहुपक्षीय हितका विषयमा समान धारणा रहेको छ । अव एक ठुलो रणनीतिक सम्झौतामा समेत सहकार्य सुरु हुंदैछ । ’

दुवै देशबीच भएको उक्त सम्झौताले पश्चिम एशियामा रहेको अमेरिकी सैन्य प्रभावलाई रोक्ने अपेक्षा गरिएको छ । चीनले अफ्रिकाको जिवुटीमा यसअघि नै विशाल सैन्य वेश निर्माण गरिसकेको छ ।
भारतले इरानको चाबहार बन्दरगाह निर्माणमा अरबौ रुपैया खर्च गरेको छ ।

इरान र चीनको यो सम्झौताले भारतसंगको इरानको सम्बन्धमा पनि संकट उत्पन्न भएको छ । चाबहर ब्यापारिकका साथ साथै रणनीतिक हिसाबले समेत निकै महत्वपूर्ण छ । पाकिस्ताले चीनको सहयोगबाट बनाएको ग्वादर पोर्ट चाबहरबाट एक सय किलोमीटरको दुरीमा रहेको छ । अमेरिकाको दबावमा भारतले यसअघि तेहरानबाट तेल आयात गर्न रोकेको थियो ।

चीनको इरानमा उपस्थिती भारतको लागी खतरा भएको नवभारत टाइम्सले जनाएको छ । भारत चाबहर हुंदै अफगानस्तिानसम्म पहुंच बढाउने तयारीमा छ । चीनले भने अमेरिकी विरोधी कित्तामा रहेका मुलुकमा आफ्नो प्रभाव बढाउंदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement