कोरोना भाइरसबाट इरानमा सांसदको मृत्यु


तेहरान – इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार फतेमेह रहबरको मृत्यु भएको हो ।

५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वा्चित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन् । इरानी मिडियाकाअनुसार रहबर भाइरसका कारण कोमामा गएकी थिइन् ।

इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व संक्रमित थिए । इरानमा कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालय र स्कुल बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement