इरानले बनायो शक्तिशाली मिसाइल, इजरायलसँग भिड्न तयार

इरानले बनायो शक्तिशाली मिसाइल, इजरायलसँग भिड्न तयार

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इरानले हालै १२ दिने युद्धमा प्रयोग भएका मिसाइलभन्दा बढी क्षमतावान् नयाँ मिसाइलहरू विकास गरेको घोषणा गरेको छ ।

बुधबार नयाँ मिसाइल निमार्ण गरेको जानकारी दिदैं इरानले इजरायली आक्रमणको सामना गर्न तयार रहेको बताएको हो ।

इरानी रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक समाचार एजेन्सी इरना लाई उद्धृत गर्दै भने ‘हामीसँग अब अघिल्ला मिसाइलहरू भन्दा धेरै शक्तिशाली मिसाइलहरू छन्। यदि यहुदीवादी दुश्मनले फेरि आक्रमण गरे भने हामी तिनको प्रभावकारी रूपमा प्रयोग गर्नेछौँ।’

जुन महिनामा इजरायलले इरानमाथि बम आक्रमण अभियान सुरु गरेपछि द्विपक्षीय तनाव चर्किएको थियो।

त्यसको जवाफस्वरूप इरानले मिसाइल र ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर, आणविक वैज्ञानिकसहित सयौँ व्यक्तिको मृत्यु भएको थियो भने सैन्य आधार र आवासीय क्षेत्रहरूमा क्षति पुगेको थियो।

संयुक्त राज्य अमेरिकाले पनि केही समयका लागि इरानी आणविक सुविधामाथि आक्रमण गरेर युद्धमा संलग्न भएको थियो।

जुन २४ देखि इरान र इजरायलबीच युद्धविराम कायम छ। तर तेहरानले युद्ध खोजेको नभए पनि कुनै पनि द्वन्द्वका लागि पूर्ण तयारी रहेको स्पष्ट पार्दै, इरानी अधिकारीहरूले अर्को चरणको लडाइँ कुनै पनि क्षण सुरु हुनसक्ने चेतावनी दिएका छन्।