काठमाण्डु – बढ्दो मुद्रास्फीतिविरुद्ध इरानका धेरै सहरहरूमा प्रदर्शन भएको छ । प्रदर्शन पाँचौं दिन शुक्रबार पनि जारी छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। लोरेस्तान प्रान्तको कुहदास्ट सहरमा बिहीबार भएको विरोध प्रदर्शनको क्रममा आगजनी भएको छ ।
बीबीसी फारसी सेवाका अनुसार तस्बिरमा कुहदास्ट सहरको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो बालेको देखाइएको छ।
प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।
इरानी मिडियाका अनुसार यी विरोध प्रदर्शनहरूको क्रममा प्रहरी मुख्यालयमा आक्रमण भएको थियो। अहिलेसम्म यस प्रदर्शनमा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।
प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र गोली प्रयोग गरेको हो। जेन जी युवाहरू र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले पनि हडतालमा जोडिएर प्रदर्शनलाई बल पुर्याएका छन्।
यी प्रदर्शनहरू इरानमा मृत्युदण्डको प्रयोग ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको एक वर्षपछि भएका हुन्।
सन् २०२५ मा इरानमा १,५०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको छ, जुन सन् १९८९ पछिकै सबैभन्दा उच्च संख्या हो। मानवअधिकार समूहहरूका अनुसार इरानी अधिकारीहरूले जनतामा डर फैलाउन र असहमति दबाउन मृत्युदण्डलाई औजारका रूपमा प्रयोग गरेका छन्।




प्रतिक्रिया