इरानका राष्ट्रपतिले राजीनामा दिएका हुन् ?

इरानका राष्ट्रपतिले राजीनामा दिएका हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इरानका राष्ट्रपति मसुद पजेस्कियानले पदबाट राजीनामा दिएका छन्। पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीलाई आफ्नो राजीनामा पठाएका हुन् ।

आइतबार पठाइएको पत्रमा पेजेशकियानले राष्ट्रपति र सरकारलाई देशका प्रमुख तथा महत्वपूर्ण निर्णय प्रक्रियाबाट प्रभावकारी रूपमा बाहिर राखिएको उल्लेख गरेका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) भित्रका कट्टरपन्थी समूहहरूले राज्य सञ्चालनमा नियन्त्रण स्थापित गर्न सफल भएको स्रोतले जनाएको छ।

पेजेशकियानले यस्तो परिस्थितिमा आफूले सरकार सञ्चालन गर्न र आफ्नो कानुनी जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै तत्काल पदबाट राजीनामा दिन चाहेको उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

हालसम्म मोज्तबा खामेनीले राष्ट्रपतिको राजीनामा स्वीकार गर्ने वा नगर्ने भन्ने स्पष्ट भएको छैन।

रिपोर्टमा भनिएको छ, ‘पजेस्कियानका अनुसार फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएदेखि उनको सरकारलाई प्रमुख निर्णयबाट वञ्चित गरिएको छ र वास्तविक नियन्त्रण सैन्य नेतृत्वमा सरेको छ।’

यद्यपि इरानी राष्ट्रपति कार्यालयमा सञ्चार तथा सूचना विभागका उपप्रमुख सैयद मेहदी तबताबाईले उक्त रिपोर्ट खारेज गरेका छन्।

उनले रिपोर्टलाई ‘अफवाह’ भन्दै एक्समा लेखेका छन्, ‘राष्ट्रपति पजेस्कियान जनताको सेवा गर्नबाट पछि हट्ने छैनन्।’