इरान र अमेरिकाबीच पहिलो चरणको उच्चस्तरीय शान्ति वार्ता सकियो

इरान र अमेरिकाबीच पहिलो चरणको उच्चस्तरीय शान्ति वार्ता सकियो

वार्ताका विषयहरू गोप्य, दुवै पक्षद्वारा आ–आफ्नो अडान बलियोसँग प्रस्तुत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरान र अमेरिकाबीच पहिलो चरणको उच्चस्तरीय शाान्ति वार्ता सकिएको छ ।

अमेरिका र इरानबिच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ पाकिस्तानको इस्लामावादमा भएको ऐतिहासिक वार्ता आइतबार बिहान सकिएको हो । एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष भेटवार्ता र सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद हो।

यो । शनिबार दिउँसोदेखि चलेको वार्ताको पहिलो चरण सकिएको बीबीसीले जनाएको छ । पहिलो चरणको वार्तामा भएका विषयहरूलाई अहिले गोप्य राखिएको छ । बीबीसीका अनुसार अझै सहमति हुने वा अर्को चरणमा जाने भन्ने विषय स्पष्ट भइसकेको छैन ।

दुवै पक्षले आ–आफ्नो अडानलाई बलियोसँग प्रस्तुत गरेका कारण वार्तामा के कति प्रगति भयो भन्नेबारे सार्वजनिक भइनसकेको बीबीसीले उल्लेख गरेको छ ।

करिब १४ घण्टासम्म चलेको यस वार्तामा दुवै पक्षका प्राविधिक विज्ञहरूले दस्ताबेज आदानप्रदान गरेका छन्। इरानी सरकारले केही गम्भीर मतभेदहरू कायमै रहे पनि वार्तालाई निरन्तरता दिने जनाएको छ, यद्यपि अर्को बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन।

पाकिस्तानी मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए भने इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए।

मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा चलिरहेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेका छन् ।

दुई देशबीचको यो संवादलाई क्षेत्रीय शान्ति स्थापनाका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसअघि शनिबार नै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले इस्लामावादमा शान्ति वार्ता शुरू भएको पुष्टि गरेको थियो । मध्यपूर्वमा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न यो वार्ताले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

वार्ताअघि पाकिस्तानका प्रधानमन्त्री सरिफसँग इरानी र अमेरिकी प्रतिनिधिमण्डलले पालैपालो भेट गरेको थियो । वार्ताको मुख्य विषयमा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्ग, लेबनान तनाब लगायत मुद्दा समावेश छन् ।

यसैबीच अमेरिकाले रणनीतिक जलमार्ग सफा गर्न शुरू गरेको र इरानसँगको युद्ध शुरू भएयता पहिलो पटक हर्मुज मार्ग हुँदै दुईवटा अमेरिकी युद्धपोतहरू पार भएका दावी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धमा इरानले ठूलो घाटा व्यहोरेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले रणनीतिक हमुज मार्गमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको झण्डै २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरेका छन् ।