अमेरिका-इरान सम्झौतामा जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

अमेरिका-इरान सम्झौतामा जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर हुने


काठमाण्डु – अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न भएको ऐतिहासिक शान्ति सम्झौतामा आगामी जुन १९ मा हस्ताक्षर हुने भएको छ।

दुई देशबीच मध्यस्थता गरिरहेको राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार यस ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा आयोजना गरिएको छ।

यसै बीच सम्झौताको घोषाणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अब यस क्षेत्रमा तेलको प्रवाह निर्बाध रूपमा सुचारु हुने बताएका छन्। ट्रम्पका अनुसार सम्झौतापछि विश्वकै सबैभन्दा रणनीतिक र महत्त्वपूर्ण व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः खुला गरिनेछ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो जलमार्ग पूर्ण रूपमा बन्द प्रायः बनेको थियो। विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी)को करिब २० प्रतिशत आपूर्ति यही मार्ग भएर हुने भएकाले यसको बन्दले विश्वभरकै आपूर्ति शृङ्खला प्रभावित भएको थियो।