इरानमाथि आक्रमण गर्न अमेरिका तयारी अवस्थामा

इरानमाथि आक्रमण गर्न अमेरिका तयारी अवस्थामा

आक्रमण योजना अनुमोदन तर लागु हुन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले इरानमाथि आक्रमणको योजना बनाएको छ । इरानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजना अनुमोदन पनि भइसकेको छ ।

तर उक्त योजना कार्यान्वयनबारे उनले अझै निर्णय लिएका छैनन्।

वाशिङ्टनमा ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै लिएका छैन् ।

इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर उनले पर्खिरहेको वरिष्ठ खुफिया सूत्रहरूले बताएका छन्।
यसअघि सीबीएसले इरानको फोर्दोस्थित भूमिगत युरेनिअम प्रशोधन केन्द्रमा हमला गर्नेबारे ट्रम्पले सोचविचार गरिरहेको जनाएको थियो।

बुधवार राष्ट्रपति ट्रम्पले उनले अन्तिम घडीसम्म पर्खने अनि इरानलाई परमाणु अस्त्र विकास गर्न रोक्ने उद्देश्यले मात्र लड्ने बताएका थिए।

यता, इरानका सर्वोच्च नेताले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन्।

ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले ुकुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउनेु जनाएको छ।

ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र तत्कालका लागि उनलाई हानि पुर्‍याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।

यसबीच इरानका विदेशमन्त्री अब्बास अरागचीले उनको देश कूटनीतिमा प्रतिबद्ध भएको बताएका छन्। उनका अधिकारीहरूले अमेरिकी वार्ताकारहरूसँग सम्भावित बैठकबारे सोचिरहेको बताएका छन्।

इरानले उत्पन्न गराएको खतरा निमिट्यान्न पार्ने दिशामा लगातार प्रगति भइरहेको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन्।

उसका लडाकू विमानहरूले इरानका परमाणु तथा बलिस्टिक क्षेप्यास्त्र केन्द्र अनि इरानी सत्ताका प्रतीकहरूमा हमला गरिरहेका छन्।

इरानको राजधानी तेहरान छाडेर कैयन् मानिसहरू बाहिरिएका छन् भने कतिपयले चाहिँ अन्यत्र नजाने भनिरहेका छन्।