प्रचण्डसँग इरानी राजदूतको भेटवार्ता, इरान कृषिमा लगानी गर्न इच्छुक

प्रचण्डसँग इरानी राजदूतको भेटवार्ता, इरान कृषिमा लगानी गर्न इच्छुक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इरानका राजदूत अलि चेगेनीले भेटवार्ता गरेका छन्।

अध्यक्ष निवास खुमलटारमा बुधबार भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो।

नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मूलुकको आर्थिक समृद्धिमा रहेको बताए। उनले भने, ‘हामी नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन चाहान्छौं ।’ उनले नेपाल प्राकृतिक रुपमा धेरै सुन्दर देश भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रसस्त सम्भावना रहेको औल्याए।

प्रचण्डले राजनीतिक स्थिरता पश्चात आर्थिक समृद्धिको चरणमा रहेको नेपालका लागि कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए।

इरानी राजदूतले चिकित्सा शिक्षा, कृषि, खानी लगायतका क्षेत्रमा आफूहरु काम गर्न इच्छुक रहेको बताए।