इरानी सेना प्रमुखबाट हटाइयो अली शमखानीलाई


तेहरान – इरानी सैनिक जनरल  सेना प्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले सोमबार लामो समयदेखि खाडी मुलुक इरानका सेना प्रमुख तथा खाडी मुलुकसँगको वार्तामा प्रमुख मध्यस्थकर्ता रहेका शमखानीलाई हटाएर सोमबार रिभोलुसनरी गार्ड्सका जनरल अली अकबर अहमदियालाई देशको शीर्ष सुरक्षा निकायको नयाँ जिम्मेवारीमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको आधिकारिक वेबसाइटमा भनिएको छ, “अली अकबर अहमदियाँलाई राष्ट्रपतिको आदेशद्वारा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखमा नियुक्त गरिएको छ ।” नेसनल डिफेन्स युनिभर्सिटीमा अध्ययन गरेका अहमदियानयाँ पदमा नियुक्त हुनुअघि इस्लामिक रिभोलुसनरी गार्ड कोरको रणनीतिक केन्द्रको जिम्मेवारीमा रहेका थिए ।

उनी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको सल्लाहकार बोर्डको रूपमा काम गर्ने एक्सपिडेन्सी काउन्सिलका सदस्य पनि हुन् । अहमदियाँले यसअघि रिभोल्युसनरी गार्ड्सको नौसैनिक बलको कमान्डर र गार्ड्सको ज्वाइन्ट स्टाफको प्रमुखको रूपमा पनि काम गरिसकेका छन् ।

गत मार्चमा सुन्नी समुदायको शक्ति केन्द्र साउदी अरबसँग इरानको ऐतिहासिक सम्बन्ध स्थापनामा महत्वपूर्ण भूमिका खेलेका ६७ वर्षीय अली शमखानीको करिब एक दशक लामो कार्यकाल समाप्त भएको छ । यसअघि रिभोलुसनरी गार्डका कमाण्डरसमेत रहेका शमखानीलाई इरानको केही खाडी मुलुकसँगको वर्षौं लामो तनाव कम गर्ने श्रेय दिइएको थियो । सन् २०१३ को सेप्टेम्बरमा उनलाई सुरक्षा परिषद्को प्रमुखमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement