काठमाण्डु– नेपाल सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।
भिसा नीतिमा हेरफेर गर्दै सरकारले नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय गरेको हो ।
अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने अध्यागमन विभागले जनाएको छ ।
यो सँगै नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ ।
यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा नदिने सूचीमा राखेको थियो ।
शरणार्थीको पहिचान स्वरुप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरुका लागि पनि नेपाल प्रवेशको नियममा कडाइ गरिएको छ ।




प्रतिक्रिया