दूतावास आक्रमणपछि ट्रम्पले इराकमा पठाए थप सेना

दूतावास आक्रमणपछि ट्रम्पले इराकमा पठाए थप सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन – इराककै आग्रहमा बगदादमा सेना पठाएको दावी गर्दै आएको अमेरिका याहाँ आफ्नो दूतावसमा इरान समर्थक प्रदर्शनकारि घुसेको र उनीहरुले आगजनी गर्नाले आक्रोशित भएको छ ।

अमेरिकाले इराकमा रहेको आफ्नो दूतावासमा मंगलबार भएको तोडफोड तथा अमेरिकाको हत्याको नारा लगाएपछि थप सैयौ सेना पठाउने फैसला लिएको छ । अमेरिकाको यस कदमबाट खाडीमा तनाव बढ्ने निश्चित देखिन्छ ।

वासिङटनबाट जारी गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भनेको छ, ‘इराकमा आफ्नो दूतावासमा भएको हमलापछि एसियामा ७५० अमेरिकी सैनिक पठाइने छ ।’

रक्षा मन्त्रीले यो कदमलाई आवश्यक भएको बताउदै नयाँ टुकडीमा ८२ औं एयरबोर्र्न डिभिजन युनिटलाई आगामी केही दिनमा पठाउने तयारी भएको उल्लेख छ । यस मध्ये ५०० लाई पठाइसकिएको छ ।

थप ४ हजार सेना छिट्टै रमाना हुने पनि उनले बताए । विदेश मन्त्री माइक पोम्पियोले इराकमा भएको हमला आतंवकादीको षडयन्त्र भएके बताएका छन् ।