काठमाण्डु– इरानले आफ्नो क्षतिपूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ। ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानले जारी क्षतिपूर्ति नपाएसम्म द्वन्द्वबाट पछि नहट्ने बताएको हो ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् ।
उनले सबै आर्थिक प्रतिबन्ध हटाइनुर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ।’
रजाईका अनुसार यो युद्ध इजरायलका कारण लम्बिएको हो । उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो ।
उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहेको बताएका छन्।
भिडिओमा नेतन्याहुले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई विश्वास छ (अमेरिकी सेनासँग हामीले हासिल गरेको अभूतपूर्व सफलता उपयोग गर्दै एउटा सम्झौतामा युद्धका उद्देश्य प्राप्त गर्ने अवसर छ। एउटा यस्तो सम्झौता, जसले हाम्रो महत्त्वपूर्ण हितको रक्षा गर्नेछ।’




प्रतिक्रिया