बग्दादी मारिएपछि को बने नयाँ आईएस प्रमुख ?


एजेन्सी – आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल बग्दादी मारिएपछि संगठनका नयाँ प्रमुख अब्दुल्लाह कार्दश बनेका छन् ।

अमेरिकी रक्षा सूत्रहरूका अनुसार, कार्दशले इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको अन्तर्गत रही सेनामा काम गरेका थिए । कार्दशले पहिलेदेखि नै आईएसका अनेकौं मामिला सम्हालेको बताइन्छ ।

बग्दादी आफूले कुनै पनि कारवाहीमा भाग नलिने गरेको र अनुमति मात्र दिने गरेको बताइएको छ । ऊ युवाहरूलाई ब्रेनवाश गर्ने गर्थ्यो । तर कार्दश चाहिँ कुनै पनि कारवाही सफल बनाउनका लागि प्रमुख भूमिका निर्वाह गर्ने गरेको बताइएको छ ।

रिपोर्टहरूका अनुसार, यसै वर्षको अगस्ट महिनामा भएको एक हवाई आक्रमणमा बग्दादी घाइते भएको थियो । त्यसपछि उसले आतंकवादी संगठनको कमान्ड अब्दुल्लाह कार्दशलाई सुम्पेको थियो । बग्दादीलाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement