मानिसहरू सडकमा लखरलखर हिँडेका छन्, सरकारको विश्वास गरौंः मन्त्री पोखरेल

मानिसहरू सडकमा लखरलखर हिँडेका छन्, सरकारको विश्वास गरौंः मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकलाई सचेत भएर घरमै बस्न आग्रह गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण तथा उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले नागरिक सचेत नभए अराजकता निम्तिने बताए ।

मंगलबार बिहानैबाट लकडाउनको गरिएको भए पनि व्यापकमात्रामा उल्लङ्घनका घटना भएपछि सरकारले नागरिकलाई घरमै बसेर सहयोग गर्न अपिल गरेको हो ।

उनले कसैका लागि लकडाउन गरिदिएको नभइ नागरिक आफैंका लागि गरिएको बताए । ‘मानिसहरू काम नै नभइ सडकमा लखरलखर हिँडेका छन्,’ उनले भने ।

पोखरेलले लकडाउनलाई अवज्ञा गर्नुलाई बहादुरीका रुपमा लिन नहुने बताए । उनले संक्रमणबाट जोगिन आफैं सतर्क हुनुपर्ने बताए । मन्त्री पोखरेलले सरकारलाई विश्वास गर्न र सरकारको आदेश कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले सरकारले अवस्था हेरेर निर्णय गर्ने बताए । सरकारले लकडाउनको अवज्ञा गरे कफ्र्यु लगाउने तयारी गरेको छ ।