काठमाण्डु – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी ओलीलाई अफ्ठ्यारो पर्नेगरि कुनै पद दाबी नगर्ने घोषणा गरेका छन् । काठमाण्डुमा आयोजित सञ्चारकर्मीबीच दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले एमालेको आउँदो महाधिवेशनमा केपी ओलीलाई कमजोर र अफ्ठ्यारो पर्नेगरि कुनै पद दाबी नगर्ने बताएका हुन् ।
‘गठबन्धन एकातिर छ, अध्यक्ष ओली एकातिर हुनुन्छ । यो बेला उहाँलाई सबैको साथ चाहिन्छ । ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न,’ उनले भने, ‘हामी सहमतिमा नेतृत्व छान्छौं । अध्यक्षलाई अफ्ठ्यारो पर्ने खालको पद दाबी गर्दिनँ ।’
साथै उनले आफु महासचिव पदमा नदोहोरिने समेत बताए । ‘म दुईपटक एमालेको महासचिव भइसकेँ, अब मलाई सोही पद दावी गर्न विधानले पनि दिँदैन । त्यसैले महासचिव पदमा दोहोरिने छैन,’ उनले भने ।
एमाले हटाउने र अर्को प्रधानमन्त्री तोक्ने परमादेशको निर्णयले मन्त्रिपरिषद्मा अदालत भागबण्डामा बसेको विषयले एमालेविरुद्धका चलखेल पुष्टि हुँदै गएको पोखरेलको भनाइ थियो । ताजा जनादेशमा जानुपर्ने एमालेको एकमात्र जोड रहेको भन्दै उनले कसैसँग गठबन्धन गरेर नभइ एमाले एक्लै लड्ने र जनादेशबाट पुनः आउने दाबी गरे ।




प्रतिक्रिया