सभामुखले एमसीसी रोक्नु गलत : ईश्वर पोखरेल

सभामुखले एमसीसी रोक्नु गलत : ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले टेबल गर्न खोजेको एमसीसी सम्झौतासभामुखले रोक्नु गलत भएको बताएका छन् ।

नेता पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारी बिजनेस सभामुख सभामुख अग्निप्रसाद सापकोटाले रोक्नु गलत भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सरकारी बिजनेस सभामुखले रोक्नु गलत हो । यो नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो । गलतलाई गलत भनौं।’ सत्ता गठबन्धन दलमध्ये नेपाली कांग्रेसले एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेको छ ।

गठबन्धनका साझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत यसको विरोधमा छन् । गठबन्धनमा एमसीसीकै कारण विवाद छ । सोही विवादकै कारण प्रतिनिधि सभाको बैठक लामो समयदेखि प्रभावित बनेको छ ।